टी–२० अन्तराष्ट्रिय क्रिकेटमा नेपालको वरीयता यथावत

जनसम्मत
भाद्र २८, २०७९, मंगलवार

नेपाल टी–२० अन्तराष्ट्रिय क्रिकेटको वरीयतामा यथावत रहेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयताअनुसार नेपालको टी–ट्वान्टी वरीयता यथावत रहेको हो।

नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा छ। अघिल्लो वरीयतामा पनि नेपाल १६ औं स्थानमा रहेको थियो।

नयाँ वरीयतामा भारत शीर्ष स्थानमा छ। इंग्ल्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा छ।

यस्तै, पाकिस्तान चौंथो, न्युजिल्याण्ड पाँचौं, अष्ट्रेलिया छैटौं, वेस्ट इन्डिज सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं र अफगानिस्तान दशौँ स्थानमा छ।