रुबिना र सीताको वरीयता यथावत

जनसम्मत
भाद्र २८, २०७९, मंगलवार

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीको आइसीसी बलिङ र ब्याटिङतर्फको वरीयता यथावत रहेको छ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले अपडेट गरेको नयाँ वरीयतामा रुबिना बलिङतर्फ ९० औं र ब्याटिङतर्फ ९४ औं स्थानमा यथावत छिन्।

नेपालका पूर्व उपकप्तान सीता रानामगर समेत बलिङ र ब्याटिङको वरीयतामा यथावत छिन्। बलिङमा ८९ औं र ब्याटिङतर्फ उनी ६४ औं स्थानमा कायम रहेकी छिन्। बलिङतर्फ नै कविता कुँवर ७८ औं स्थानमा यथावत छिन्।