एनआरएनए र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा

जनसम्मत
भाद्र २८, २०७९, मंगलवार

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एनआरएनए स्पोर्ट्स एकेडेमी र सुदूरपश्चिम प्रदेश पुरुष क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन्।

मंगलबार नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीचको खेल रद्द भएपछि सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लागेको हो।

मुलपानी क्रिकेट मैदान वर्षाको कारण एपीएफ र सुदूरपश्चिमबीचको खेल टस समेत नभई रद्द हुँदा समूह ‘बी’ बाट एनआरएनए र सुदूरपश्चिम अन्तिम ४ मा पुगे। एपीएफको लगातार ४ खेल रद्द भएको हो। यता सुदूरपश्चिमको भने १ खेलमा जित निकाल्दा २ खेल रद्द भएको थियो।

एपीएफ ४ खेल खेल्दै ४ अंक जोडेर तेस्रो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको हो। सुदूरपश्चिमले ४ खेलमा ४ अंक जोडेर समूहको दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको छ। एनआरएनएले ५ अंक जोडेर समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।