महिला साफ च्याम्पियनसीप: भारतको पहिलो हार

जनसम्मत
भाद्र २८, २०७९, मंगलवार

भारतले महिला साफ च्याम्पियनसीपमा पहिलो हार खेपेको छ।

यता, बंगलादेशले भारतलाई हराउँदै समूह विजेता भएर छैटौं संस्करणको महिला साफको सेमिफाइनलमा प्रवेश गरेको छ।

दशरथ रंगशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतलाई ३–० गोल अन्तरले हराएको हो। त्रिपुरेश्वरस्थित दशरथ बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले २ गोल गरिन्। यस्तै, श्रीमोती सरकारले १ गोल गरिन्।

महिला साफको इतिहासमा भारतले पहिलो पटक हार व्यहोरेको छ। जितसँगै बंगलादेश अपराजित रहँदै अन्तिम ४ मा पुगेको छ। समूह विजेता बनेको बंगलादेशले समूह ‘ए’ मा ३ खेलमा ९ अंक जोड्यो। भारत ३ खेलमा ६ अंक जोडेर समूह उपविजेता बन्दै अन्तिम ४ मा पुगेको छ। अब, सेमिफाइनलमा बंगलादेशले भुटानको सामना गर्नेछ। भारतले नेपालको सामना गर्नेछ।