जनसम्मतकर्मी शाहीलाई ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार’ प्रदान

जनसम्मत
भाद्र ३०, २०७९, बिहीवार

यस जनसम्मत डट कमका सम्पादक नारायण शाही ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट’ सम्मानित भएका छन्।

सहारा क्लबले आफ्नो २४ औं वाषिर्कोत्सवका अवसरमा ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९’बाट शाहीलाई सम्मान गरेको हो।

२०६४ सालदेखि पोखरामा रहेर सकृय पत्रकारिता गरिरहेका पत्रकार शाहीलाई पोखरा महागरपालिकाका मेयर धनाराज आचार्यले सम्मान गरे। पुरस्कार राशी २० हजार ५ सय ५५ रुपैयाा नगदसहित दोसल्ला र ताम्रपत्र छ। पत्रकार शाही पोखरास्थित एभरेस्ट मिडिया हाउसमा समेत आवद्ध छन्।

सोही अवसरमा क्लबको मानार्थ सदस्यबाट बरिष्ठ पत्रकार नारायण कार्की र उत्कृष्ट सदस्यबाट सिद्धार्थ थापामगरलाई सम्मान गरेको छ।

कार्यक्रममा महानगरप्रमुख आचार्यले सामाजिक सेवा एवं खेलका माध्यमबाट सहारा क्लबले पुर्‍याएको योगदानको प्रशंसा गरे।

कार्यक्रममा गण्डकी खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ, बरिष्ठ पत्रकार नारायण कार्की, सम्मानित व्यक्तित्व नारायण शाही, क्लबका बरिष्ठ उपाध्यक्ष केशवराज बराल, महासचिव रामजीप्रसाद अधिकारीलगायतले सहारा क्लबले चलाएको एकेडेमी अरुका लागि पनि अनुकरणीय भएको बताएका थिए।

काठमाडौंबाट २०५३ सालदेखि पत्रकारिता सुरु गरेका पत्रकार शाही करिब १५ वर्षदेखि पोखरालाई कार्यक्षेत्र बनाएर सक्रिय पत्रकारिता गरिरहेका छन्। आमसंचार बिषयमा स्नातकोत्तर गरेका उनी हाल एभरेस्ट मिडिया हाउससँग आवद्ध छन्। उनी जनसम्मत डटकम अनलाइनको सम्पादक समेत हुन्।

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यसअघि १६ जना सम्मानीत भइसकेका छन्। यसअघि, सम्मानीत हुनेमा कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, प्रेमनारायण न्यौपाने, राम गुरुङ, दीननाथ बराल, प्रदीप पौडेल, एकराज गिरि, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था, सुरज श्रेष्ठ, विजय नेपाल, सन्देश श्रेष्ठ, इन्द्रप्रसाद पौडेल र दीपक परियार छन्।