पोखरा महानगरले भन्यो, ‘आवास क्षेत्रबाट ५०० मिटर बाहिर कवाडी संकलन केन्द्र सार’

अटेर गरे घरबेटी र कवाडी संचालक दुबैलाई कारवाही गर्ने

जनसम्मत
भाद्र ३१, २०७९, शुक्रबार

पोखरा महानगरभित्र संचालमा रहेका कवाडी संकलन केन्द्रहरुलाई आवास क्षेत्रबाट ५०० मिटरबाहिर सार्न भनिएको छ।

पोखरा महानगरपालिकाले आज (शुक्रबार) एक सूचना जारी गर्दै आवास क्षेत्रबाट ५०० मिटर बाहिर कवाडी संकलन केन्द्र सार्न ३५ दिने सूचना जारी गरेको हो।

कवाडी संकलन केन्द्रबाट डेंगु फैलन मद्दत पुगेको भन्दै महानगरले आवास क्षेत्रबाट ५०० मिटर बाहिर कवाडी संकलन केन्द्र राख्न अल्टिमेटम दिएको हो।

महानगरले घर / जग्गा धनीलाई पनि आफ्नो जग्गामा सम्झौता अवधि जतिसुकै भएपनि सोही अनुरुप सम्झौता संशोधन गर्न अन्यथा ३५ दिनभित्र नहटाइए दुवै पक्षलाई कारवाही गरिने पनि उल्लेख गरेको छ।

महानगरले पानी जम्ने खाल्डाखुल्डी, पानीका ड्रम, भाँडा, टायर गमला लगायतका पानी जम्ने स्थानलाई नष्ट गर्ने गराउने कार्यमा लाग्न वडा कार्यालय, नागरिक समाज, सरोकारवाला तथा नगरवासीलाई आग्रह गरेको छ।

हेनुर्सहोस, महानगरको सूचना