२०७४ सालको समानुपातिकको बन्दसूची खारेज हुँदै

जनसम्मत
भाद्र ३१, २०७९, शुक्रबार

२०७४ सालको समानुपातिकको बन्दसूची खारेज हुँदैछ।

२०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि दलहरुले बुझाएको बन्दसूची भोलि (असोज १ गते) देखि खारेज हुने निर्वाचन आयोगले जनाएको छ।

आयोगले आज (शुक्रबार) विज्ञप्ति निकालेर अहिलेसम्म कायम बन्दसूची असोज १ गते मध्यराति १२ बजेदेखि स्वत: खारेज हुने निर्णय भएको जानकारी दिएको छ।

आउँदो मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावको समानुपातिकतर्फको बन्दसूची आउँदो आइतवार र सोमवार बुझाउने कार्यतालिका छ। २०७४ को बन्दसूची कायम रहेको अवस्थामा अघिल्लो पटकको बन्दसूचीमा परेकाहरुलाई अबको बन्दसूचीमा राख्न मिल्ने कि नमिल्ने भन्नेबारे बहस भइरहँदा यसबारे आयोगले प्रष्ट पारेको हो।

पर्सि समानुपातिकतर्फको बन्दसूची पेस गर्ने कार्यतालिका भएकाले प्रतिनिधि सभा भोलिदेखि नै अन्त्य गर्ने तयारी पनि भइरहेको छ।