प्रेस काउन्सिलले झण्डै ४ दर्जन पत्रकारलाई सम्मान गर्दै

कास्कीका श्यामनाथ कुँवर क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानीत हुँदै

जनसम्मत
असाेज १, २०७९, शनिबार

नेपाल प्रेस काउन्सिलले झण्डै ४ दर्जन पत्रकारहरुलाई पुरस्कारद्वारा सम्मान गर्दैछ।

काउन्सिलको ५३ औं वार्षिकोत्सवमा पत्रकारिताको क्षेत्रमा योगदान गरेको व्यक्ति र संस्थामध्येबाट सम्मान गर्न लागेको हो।

राष्ट्रपति विद्या भण्डारीले असोज ६ गते पत्रकारहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ।

काउन्सिलको हिँजो (शुक्रबार) बसेको बैठकले पत्रकारहरुलाई पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो। काउन्सिलले कास्कीका क्रियाशील पत्रकार श्यामनाथ कुँवरलाई समेत क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मान गर्दैछ। पत्रकार कुँवर कास्की (पोखरा) बाट प्रकाशित समाधान दैनिकमा आबद्ध छन्।

कुँवरसँगै, क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानीत हुनेमा दामोदरप्रसाद दवाडी (काठमाण्डौं), मनोज जोशी, तनहुँ (हाल, काठमाण्डौं), सुरेश धामी (कञ्चनपुर), विमल योगी ‘विनोद’ (दाङ), भूपराज खड्का, खोटाङ (हाल काठमाण्डौं), पुष्कर बुढाथोकी (भक्तपुर), एकराज पाठक (काठमाण्डौं), कृष्ण केसी (लमजुङ), नकुल अर्याल (काठमाण्डौं) छन्।

प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारबाट ई–कागजका सम्पादक हरिबहादुर थापा (काठमाण्डौं) सम्मानीत हुँदैछन्। थापा संसदीय मामला, प्रशासकीय संयन्त्र, जलविद्युत लगायतका विषयमा लामो समयदेखि कलम चलाउँदै आएका छन्। पत्रकार थापा कान्तिपुर, अन्नपूर्ण पोष्ट दैनिकका पूर्व सम्पादक र हाल ई–कागजका प्रधान सम्पादक हुन्। थापा, ‘भ्रष्टाचारक शल्यक्रिया’, ‘विदेशी सहायताका विसंगति’ ‘दलीय द्वन्द्व’, ‘राजनीतिक दाउपेचभित्र कर्मचारीतन्त्र’ पुस्तकहरुका लेखक समेत हुन्।

झापाका माधव विद्रोही प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट सम्मानीत हुँदैछन्।

अन्नपूर्ण पोष्ट दैनिक, (काठमाण्डौं) र आवाज एफएम (पर्सा) लाई प्रेस काउन्सिल आचारसंहिता पुरस्कारबाट सम्मानीत हुँदैछन्।

प्रेस काउन्सिल सशक्त लेखन पुरस्कारबाट सम्मानीत हुनेमा सुरेन्द्र काफ्ले, मोरङ (हाल काठमाण्डौं), दिलबहादुर छन्त्याल (कैलाली), नवराज छत्कुली (धादिङ) र बालकृष्ण अधिकारी (काठमाण्डौं) सम्मानीत हुँदैछन्।

प्रेस काउन्सिल भाषागत पुरस्कारबाट टेकराज थामी (थामी भाषा संस्करण, हाल काठमाण्डौं) सम्मानीत हुँदैछन्।

प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट सम्मानीत हुनेमा प्रदीप परियार (झापा), रबीन्द्र काफ्ले (पाँचथर), शम्भु दङ्गाल (काठमाण्डौं), हरिबोल (खोटाङ), जीवन लामा (दोलखा), टपेन्द्र कार्की (सोलुखुम्बू), दशरथ घिमिरे (दाङ), केशर रोका (प्युठान), मकर श्रेष्ठ (भक्तपुर), खगेन्द्र भण्डारी (डडेल्धुरा), डीबी बुढा (जुम्ला), राजेन्द्र धामी (दार्चुला), महेश केसी (रुकुम) र हिमा चेमजोङ (धनकुटा) छन्।

प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कारबाट सम्मानीत हुनेमा सञ्चिता घिमिरे (ललितपुर), सरिताश्री ज्ञवाली (बर्दिया), रमा केसी (सुर्खेत) र शारदा गैरे (रुपन्देही) छन्।

प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कारबाट सम्मानीत हुनेमा अजय गोरखाली (चितवन), प्रविणकुमार शर्मा (रौतहट), हेमराज (कमल) राना (स्याङ्जा) र सिराज खान (बाँके) छन्।

त्यस्तै, प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कारबाट सम्मानीत हुनेमा विजयरत्न तुलाधर (काठमाण्डौं), आनन्द श्रेष्ठ (सुनसरी) र जीवन पराजुली (काठमाण्डौं) छन्।

सोही अवसरमा वर्ष कर्मचारी पुरस्कारबाट काउन्सिलका वितरण सम्परीक्षण अधिकृत रहमतुल्लाह मियाँ र मिडिया अनुगमनकर्ता लोकराज भट्ट सम्मानीत हुँदैछन्।

कर्मचारी प्रोत्साहन पुरस्कारबाट काउन्सिलकी मिडिया अनुगमनकर्ता सम्झना पौडेल र कार्यालय सहयोगी विष्णु न्यौपाने सम्मानीत हुँदैछन्।

काउन्सिलको दीर्घ सेवा पदक (२० वर्ष) बाट हल्का सवारी चालक देवीबहादुर राना सम्मानीत हुँदैछन्।

हेर्नुहोस, पुरस्कृत हुनेहरुको सूची