पत्रकारका लागि काउन्सिलको नि:शुल्क स्वास्थ्य शिविर

जनसम्मत
असाेज १, २०७९, शनिबार

प्रेस काउन्सिल नेपालले पत्रकारहरूका लागि नि:शुल्क बृहत् स्वास्थ्य शिविर गर्ने भएको छ।

काउन्सिलको ५३ औँ वार्षिकोत्सवको अवसर पारेर भोलि (आइतबार) सञ्चारग्रामस्थित काउन्सिलको प्रांगणमा शिविर सञ्चालन गर्न लागेको हो। बिहान ९:३० देखि अपराह्न ४ बजेसम्म शिविर संचालन हुने वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

शिविरमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको स्वास्थ्य विशेषज्ञको टोलीबाट जनरल मेडिसिन, स्त्री रोग, शल्यक्रिया सर्जरी, हाडजोर्नी तथा नशा, छाला रोग, नाक, कान, घाँटी, आँखा रोग, दन्त रोग र बाल रोगको परीक्षण हुनेछ। साथै, ल्याब, इसिजी, अल्ट्रासाउन्डसहितको सेवा उपलब्ध हुने जनाइएको छ।