एमालेले समानुपातिक उमेदवारको भोलि टुंगो लगाउने

जनसम्मत
असाेज १, २०७९, शनिबार

नेकपा एमालेले भोलि (आइतबार) समानुपातिक उमेदवारको टुंगो लगाउने बताएको छ।

एमालेको आज (शनिबार) बसेको सचिवालय बैठकमा कुनै निचोड ननिस्केपछि भोली टुंगो लगाउने बताउँदै आजको बैठक सकिएको थियो।

प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभाका २२० सदस्यको क्लस्टरअनुसार संख्याका बारेमा जानकारी गराइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्।

उनका अनुसार उमेदवारको सूचीबारे छलफल गर्न आइतबार बिहान ११ बजे पुुन: बैठक बस्नेछ।