१४ असोजमा गण्डकी प्रदेशसभा सांसदहरुको बिदाई

जनसम्मत
असाेज ६, २०७९, बिहीवार

असोजको १४ गते गण्डकी प्रदेशसभा सांसदहरुलाई विदा गरिदैंछ ।

उक्त दिन सांसदहरुलाई बिदाइ गर्ने तयारी भएको हो ।कार्यव्यवस्था परामर्श समितिको बैठकले असोज १४ गते शुभकामना आदान–प्रदान गरेर निवर्तमान सांसदलाई बोलाउने र भेटघाट र कदर पत्र प्रदान गर्ने कार्यक्रम छ ।‘माननीयहरूको कार्यकाल ५ वर्षको हो । संविधानमा बिदाई भन्ने शब्द छैन । हामीले कदरपत्र दिनेछौँ,’ प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले भनका छन् ।५ वर्षमा सांसदको भुमिकाको विषयमा सचिवालयले कदरपत्र दिने तयारी गरेको छ ।

नेपाल संघीयतामा गएपछि पहिलो पटक बनेको प्रदेश सभाको कार्यकाल सकिएको छ । पहिलो आम निर्वाचनबाट चुनिएका सांसदहरुको कार्यकाल असोज १ गते सकिएको हो । २०७४ को प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेशमा ६० सदस्य निर्वाचित भएका थिए ।

अहिले गण्डकीमा ५८ जना सांसद छन् । कास्की २ ‘क’ बाट निर्वाचित भएका कृष्णबहादुर थापाले राजीनामा दिएका थिए भने बागलुङ १ ‘क’ बाट निर्वाचित कृष्ण थापालाई पार्टीले कारवाही गरेको थियो ।