दशैं टीकाको अन्तर्राष्ट्रिय साइत कुन देशमा कति बजे ?

नेपालमा भने नेपाली समयअनुसार यस वर्षको दसैँको टीकाको साइत असाेज १९ गते ११ः५१ बजे जुरेको छ

जनसम्मत
असाेज ६, २०७९, बिहीवार

यस वर्षको दसैँको टीकाको साइत असाेज १९ गते ११ः५१ बजे जुरेको छ।

नेपाल पञ्चांग निर्णायक विकास समिति र अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले टीकाको साइत जुराएको हो।

नेपाल पञ्चांग निर्णायक विकास समितिको भदौ ३१ गते बसेको बैठक र अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिको बिहीबार बसेको बैठकले टीकाको साइत र तालिका निकालेका हुन्।

अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले कुन देशमा कति बजे टीका लगाउने भन्नेबारे बिहीबार साइत र समय निकालेको छ।

नेपालमा भने असोज १९ गते ११ः५१ बजे टीकाको उत्तम साइत जुरेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले दशैंको टीकाको साइत सार्वजनिक गरेको हो।

विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै समितिले हरेक वर्ष विभिन्न देशका लागि टीकाको उत्तम साइत निर्धारण गर्दै आएको छ।

अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिका अनुसार अमेरिका, क्यानडा, पोर्चुगल, बेलायत, फ्रान्स, ओस्लो, स्विट्जरल्यान्ड र क्यानडामा अक्टोबर ४ तारिखमा टीकाको शुभसाइत जुरेको छ।

अमेरिकाको न्युयोर्कमा ११ः११ बजे, केन्टुकी ११ः५५ बजे, टेक्सास ११ः३५ बजे र क्यालिफोर्निया ११ः४५ बजे दसैँको टीकाको शुभसाइत जुरेको छ। सो दिन ११ः३९ बजे क्यानडाको टोरेन्टोमा बस्नेले दसैँको टीका लगाउन उत्तम साइत जुरेको छ।
हेर्नुहोस, दशैं टिकाको अन्तराष्ट्रिय साइत