२५ औं राष्ट्रिय खुल्ला पौडी प्रतियोगिता: बिकासलाई थप २ स्वर्ण

जनसम्मत
असाेज ७, २०७९, शुक्रबार

२५ औं राष्ट्रिय खुल्ला पौडी प्रतियोगितामा प्रदेश १ का बिकास कुमालले दोश्रो दिन आज (शुक्रबार) थप २ स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन्।

नेपाल पौडी संघले आयोजना गरेको सुरु प्रतियोगितामा कुमालले हिँजो पहिलो दिन (विहीबार) को खेलमा पनि २ स्वर्ण जितेका थिए।

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर राखेर आयोजना गरिएको प्रतियोगिताको दोश्रो दिन कुमालले २०० मिटर ब्यक्तिगत मिड्लेमा २ मिनेट २२.३७ सेकेन्ड र २०० मिटर ब्रेष्टस्ट्रोकमा २ मिनट ३३.५३ सेकेन्ड समयका साथ २ स्वर्ण जितेका हुन्।

मिड्लेमा बागमतीका सेरेन सिंहले रजत र अल्भिन महर्जनले कास्य पदक पाए। यस्तै, ब्रेष्टस्ट्रोकमा प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र पुलिसका गौरव लामाले कास्य पदक पाए।

५० मिटर ब्याकस्ट्रोकमा एपीएफका तेन्जिन नामदोल रायन गुरुङले २९.१० सेकेन्ड समयका साथ स्वर्ण जिते। सेनाका अनुभव सुब्बाले रजत र पुलिसका गौरव लामाले कास्य पदक पाए।

१०० मिटर फ्रिस्टायलमा पुलिसका सुविज्ञमान तुलाधरले ५६.२० सेकेन्ड समयमा साथ स्वार्ण हात पार्दा बागमतीका ईरभिन श्रेष्ठ र सेरेन सिंहले क्रमश रजत र कास्य पाए।

१०० मिटर ब्याकमा एपीएफका तेन्जिन नामदोल रायन गुरुङले आफ्नो तथा क्लबका लागि दोश्रो स्वर्ण जिते। उनले १ मिनट ४.४५ सेकेन्ड समयका साथ दूरी पुरा गरे। प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र एपीएफका जेडेन श्रेष्ठले कास्य पदक पाए।

५० मिटर फ्रिस्टायलमा सेनाका अनुभव सुब्बाले २५.७६ सेकेन्ड समयका साथ स्वर्ण हात पारे। बागमतीका अल्भिन महर्जन र ईरभिन श्रेष्ठले क्रमश: रजत र कास्य पाए।

महिलातर्फको ५० मिटर ब्याकस्ट्रोकमा पुलिसकी आर्या महर्जनले ३५.१९ सेकेन्डका साथ स्वर्ण हात पार्दा प्रदेश १ की सिया सुभांगी बजगाईले रजत र पुलिसकै समिरा शोभा थापाले कास्य पाए।

महिलातर्फकै २०० मिटर ब्रेष्टमा सेनाकी उपास्ती महर्जनले ३ मिनट ७.७८ सेकेन्डका साथ स्वर्ण हासिल गरिन्। दोश्रो स्थानमा एपीएफकी भैनभी श्रेष्ठ र तेश्रो स्थानमा पुलिसकी सारसी खड्काले कास्य पाइन्।

महिलातर्फकै १०० मिटर फ्रिमा सेनाकी अनुशिया तण्डुकारले १ मिनट १.८५ सेकेन्ड समयका साथ स्वर्ण जित्दा बागमतीकी रोशा न्यौपानेले रजत र पुलिसकी समिरा शोभा थापाले कास्य पाइन्।

महिलातर्फकै १०० मिटर ब्याकमा पुलिसकी आर्या महर्जन, समिरा शोभा थापा र सारसी खड्काले स्वर्ण, रजत र कास्य पदक पाए। आर्याले उक्त दूरी १ मिनट १७.५९ सेकेन्डका साथ स्वर्ण जितेकी हुन्।

महिलातर्फ ५० मिटर फ्रिस्टायलमा सेनाकी अनुशिया तण्डुकारले २८.८८ सेकेन्डका साथ स्वर्ण जित्दा बागमतीका रोशा न्यौपाने र टिशा महर्जनले रजत र कास्य पदक पाए।

२०० मिटर फ्रिस्टायल रिलेमा नेपाल पुलिस क्लबले १ मिनट ४३.५७ सेकेन्ड समयका साथ स्वर्ण जित्यो। यस्तै, बागमती प्रदेशले रजत र एपीएफले कास्य जित्यो।

बिजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं पर्यटन, संस्कृति तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठ, उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजबैद्य, उपाध्यक्ष ज्योती राणा, महासचिव निलेन्द्रराज श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए।