पोखरा महानगर खेलकुदले दसैं दौड प्रतियोगिता गर्दै

जनसम्मत
असाेज ८, २०७९, शनिबार

पोखरा महानगर खेलकुद विकास समितिले बडा दसैंको अवसरमा पर्सि (सोमबार) दौड प्रतियोगिता आयोजना गर्दैछ।

पोखरा महानगरले असोज १० गते दौड प्रतियोगिता आयोजना गर्न लागेको समितिका सदस्य सचिव सुभास खड्काले जनाएका हुन्।

प्रतियोगिताअन्तर्गत १० कि.मि. महिला तथा पुरुष दौड र ५ कि.मि. छात्र/छात्रा दौंड आयोजना गरिएको सदस्य सचिव खड्काले बताए।

पोखरा रंगशालाबाट सुरु हुने दौड प्रतियोगितामा १० किमि महिला तथा पुरुष दौड प्रतियोगिताका विजेता (प्रथम) ले २५ हजार, द्वितियले १५ हजार, तृतीयले १० हजार, चौथोले ५ हजार र पाँचौले ५ हजार पुरस्कारको साथमा मेडल र प्रमाणपत्र जित्नेछन्।

त्यसैगरी, छात्र/छात्रातर्फ विजेता (प्रथम) ले १५ हजार, द्वितियले १० हजार, तृतियले ५ हजार, चौथोले ३ हजार, पाँचौले २ हजार तथा छैंटौंदेखि दशौं सम्म हुने शान्त्वना पुरस्कार समान नगद १/१ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

छात्र/छात्रा दौडमा पोखरा महानगरपालिकाभित्रका विद्यालयका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने सचिव खड्काले जनाए।