पोखरामा एशियन फोरमको टिम विल्डिङ कार्यशाला

जनसम्मत
असाेज ८, २०७९, शनिबार

एशियन फोरमको टिम विल्डिङको शनिबार पोखरामा कार्यशाला गोष्ठी गरिएको छ।

एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च (एशियन फोरम)को आयोजनामा दक्षिण कोरियामा रहेका हाना नानुम फाउन्डेसन र वी फ्रेन्डस संस्थाको सहयोगमा टिम विल्डिङ कार्यशाला गोष्ठी भएको हो।

कार्यक्रममा स्वदेश फिर्ता भई विभिन्न पेशा व्यवसायमा आवद्ध, कृषि बिज्ञ, पर्यटन बिज्ञ, निति तथा कानुनबिज्ञ, पत्रकारहरु, स्थानीय जनप्रतिनिधिहरु साथै बुद्धिजीवीहरुको सहभागिता थियो।

नेपालको समग्र सामाजिक एवं श्रम आप्रसनका क्रममा श्रमिकहरुको हक तथा अधिकार कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयका साथमा स्वदेश फिर्ता आप्रवासी श्रमिकहरुको आर्थिक सामाजिक तथा संबेगात्मक पुन:एकीकरणका लागि स्थानीय, प्रदेश तथा केन्द्रमा के कस्ता निति तथा कार्यक्रम हुनुपर्छ भन्ने विषयमा केन्द्रीत थियो।

कार्यक्रममा सहभागी विभिन्न क्षेत्रमा दक्षताप्राप्त ब्यबसायीहरुले आफ्नो तर्फबाट बिचार प्रस्तुत गरी कार्य योजनाअनुसार काम प्रतिबद्धता जनाए।

गोष्ठीमा आगामी २ बर्षको लागि स्वास्थ्य र स्वच्छतासम्बन्धी कार्यक्रम संस्थाका कार्यक्रम तथा गतिविधि तय गरिएको संस्थापक अध्यक्ष सिद्धिचन्द्र वरालले वताए।

एशियन फोरमका केन्द्रीय अध्यक्ष किस्मतमणी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा श्रम आप्रबासन बिज्ञ निलाम्बर बडालले सहजीकरण गरेका थिए।