कास्कीमा बृहत यौनिकता शिक्षा र लैङ्गिक तथा यौनिक अल्पसंख्यकसम्वन्धी तालिम सुरु

जनसम्मत
असाेज ८, २०७९, शनिबार

कास्कीमा बृहत यौनिकता शिक्षा र लैङ्गिक तथा यौनिक अल्पसंख्यकसम्वन्धी तालिम सुरु भएको छ।

नेपाल परिवार नियोजन संघ केन्द्रीय कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित तालिम कास्कीको लुम्लेमा ३ दिनसम्म चल्नेछ।

युवा वर्गका लागि आवश्यक यौन तथा प्रजनन् स्वास्थ्यसम्वन्धी ज्ञान दिने तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक क्षेत्रमा वकालत गर्न सक्ने जनशक्ति तयार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।

तालिममा विभिन्न लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायसहितको युवाहरुको सहभागिता रहेको कार्यक्रम संयोजक विष्णु दाहालले जानकारी दिएका छन्।

तालिममा नेपाल परिवार नियोजन संघ केन्द्रीय कार्यालय ग्याक परियोजना कार्यक्रम अधिकृत नारायणी त्रिपाठी, युवाहरु सविना तिमिल्सिना, विष्णु दाहाल, कृषा सिग्देल, सपना थापा, निराजन अधिकारी, संघका वरिष्ठ शाखा प्रवन्धक नवराज तिवारी, स्टाफ नर्स अनुषा भुजेललगायतले सहजिकरण गर्नेछन्।

तालिमको उद्घाटन गर्दै नेपाल परिवार नियोजन संघका महासचिव अर्जुन सिग्देलले युवा तथा लैङ्गिक अल्पसंख्यको महत्व बुझेर नै संघले विभिन्न अभियानहरु संचालन गरेको बताए।

उनले लैङ्गिक तथा अल्पसंख्यक समुदायका लागि समलिङ्गी बिबाहको पक्षमा वकालत गरेको र हर्माेनल तथा लेजरथेरापी सेवा संचालन गरेको जानकारी दिए।