युनाइटेड क्लव पोखराको अध्यक्षमा पुन: राजु श्रेष्ठ

जनसम्मत
असाेज ८, २०७९, शनिबार

युनाइटेड क्लव पोखराको अध्यक्षमा पुन: राजु श्रेष्ठ निर्वाचित भएका छन।

युनाइटेड क्लव पोखराको १३ औ साधारणसभा तथा छैठौ अधिवेशनले पुन: राजु श्रेष्ठको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको छ।

श्रेष्ठ दोश्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन। शनिवार सम्पन्न क्लवको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा लोकबहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, द्वितीय उपाध्यक्ष शान्ताबहादुर थापा, महासचिवमा दिनेश सुनार, कोषाध्यक्षमा सूर्यबहादुर बानियाँ, सचिव पूर्णकला पोख्रेल र सह–कोषाध्यक्षमा सीमा गुरुङ सर्वसम्मत चयन भएका छन।

त्यसैगरी, सदस्यहरुमा सन्तोष कार्की, विष्णुकुमार गुरुङ, जयराम आचार्य, पूर्णकुमार श्रेष्ठ, दीवानी सुवेदी, चन्द्रकुमारी पराजुली, शिव थापा, पदमबहादुर कार्की (बिजय) र शान्ति सुवेदी छन्। क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल निर्वाचन मण्डलको संयोजक र सदस्यहरुमा निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, पूर्वअध्यक्ष सुकबहादुर गुरुङ, सल्लाहकार राजेन्द्र थापा र पवित्रा गुरुङ सदस्य रहेको निर्वाचन मंडलले नवनिर्वाचित पदाधिकारिहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।

पोखरा महानगरपालिकाका उप प्रमुख मञ्जुदेवी गुरुङले अधिवेशनको उद्घाटन गरेकी हुन्।

कार्यक्रममा बोल्दै गुरुङले युनाइटेड क्लव पोखराकै एक उत्कृष्ट काम गर्ने सामाजिक संस्था भएकाले क्लवले गर्ने कुनैपनि काममा महानगरले सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाइन्। कुनैपनि संघसंस्थाले समाजिक कार्यसंगै युवाहरु लक्षित योजनाहरुलाई समेटेर अगाडि वढेमा मुलुक समृद्धितर्फ अगाडि वढ्ने उनको भनाई रहेको थियो।

कार्यक्रममा १२ कक्षा उत्तीर्ण क्लवका आजीवन सदस्यका छोराछोरिहरुलाई बधाई तथा सम्मान गरिएको थियो। सम्मानीत हुनेहरुमा शुभेच्छा बानियाँ, आयुशा थापा, सिद्वार्थ थापा, प्रकृति पोख्रेल, अभिषेक कार्की, प्रतीक्षा केसी र प्रतीक्षा थापा छन्।

कार्यक्रममा अध्यक्ष राजु श्रेष्ठले अध्यक्षको प्रतिवेदन, महासचिव शान्ताबहादुर थापाले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष सूर्यबहादुर बानियाँले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरे।