पोखरामा फुलकन्ट्याक्ट करातेको रेफ्री सेमिनार सकियो

जनसम्मत
असाेज ८, २०७९, शनिबार

पोखरामा फुल कन्ट्याक्ट करातेका रेफ्रीहरुका लागि आयोजना गरिएको राष्ट्रिय सेमिनार सम्पन्न भएको छ।

नेपाल फुलकन्ट्याक्ट कराते फेडरेसनको आयोजनामा भएको सोमिनारमा गण्डकी र लुम्बिनी प्रदेशसँगै धादिङ, ओखलढुंगालगायतका जिल्लाका गरी ३२ जना रेफ्रीहरुको सहभागिता थियो।

खेलका अन्तराष्ट्रिय रेफ्रीहरु विष्णुकान्त अर्याल, शालिग्राम कुँवर र विकास महर्जनले खेलका नयाँ नियमसँगै भएका अन्य नियमहरुको रिभिजन गरेसँगै नयाँ रेफ्रीहरुलाई कसरी निर्णायकको भूमिका निभाउनेबारे प्रशिक्षण दिइएको थियो।

शुक्रबार र शनिबार चलेको सेमिनारमा सहभागीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, आयोजक संघका अध्यक्ष शालीग्राम कुँवरलगायतले प्रमाणपत्र वितरण गरे।

प्रमाणपत्र वितरणपछि राखेप सदस्य गुरुङले सेमिनारमा सिकेको कुराहरुलाई आफ्नो कार्यक्षेत्रमा गएर लागु गर्न आग्रह गरे। नवौं खेलकदलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न आ–आफनो कार्यक्षेत्रमा गएर लाग्न सहभागीहरुलाई आग्रह समेत गरे।

कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमीका तर्फबाट गण्डकी प्रदेश उपाध्यक्षसमेत रहेका राखेप सदस्य गुरुङले नगद ४० हजार रुपैयाँसँगै आवश्यक खेल समाग्री हस्तान्तरण गरे।