कास्कीको मादीबाट खानेपानीको पाइप चोरी गर्ने ४ जना पक्राउ

जनसम्मत
असाेज ९, २०७९, आइतबार

कास्कीको मादी गाउँपालिकाबाट खानेपानीको पाइप चोरी गर्ने ४ जना पक्राउ परेका छन्।

उनीहरुलाई कास्कीको मादी गाउँपालिका–काउरेडाँडास्थित सडक छेउको थाकखोला खानेपानी संस्थानको पाइपहरु चोरी गरेको अभियोगमा पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा मादी–७ थाकका ३५ वर्षीय रमेश गुरुङ, सोही ठाउँ बस्ने २६ वर्षीय निरज तामाङ र हाल पोखरा–१० बस्दै आएका ३४ वर्षीय खरजंग गुरुङ र लमजुङको मध्यनेपाल –८ स्थायी घर भई पोखरा–१३ कसेरी बस्ने २३ का रिदम भन्ने सुनिल परियार पक्राउ परेका हुन्।

गत बुधबार विहान ग १ त ५१३७ नम्बरको टयाक्टरमा पाइपहरु लोड गरी मादीकै वडा नं ५ मा ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका हुन्।

उनीहरुलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ।