पोखराको बुद्धचोकबाट २ लाख बढी नगदसहित ९ जना जुवाडे पक्राउ

जनसम्मत
असाेज ९, २०७९, आइतबार

पोखरा–१० बुद्धचोकबाट शनिबार ९ जना जुवाडे पक्राउ परेका छन्।

उनीहरुलाई बुद्धचोकस्थित कुमार कार्कीले संचालन गरेको ‘यु एण्ड मी’ रेस्टुरेन्टबाट जुवा खेलिरहेको अवस्थामा २ लाख भन्दा बढी नगदसहित प्रहरीले पक्राउ गरेको हो।

त्यस्तै, पोखरा–१३ शान्तिमार्ग बस्ने ४५ वर्षीय ओमबहादुर नेपाली, स्याङ्जा बिरुवा–२ घर भई हाल पोखरा–१४ चाउथे बस्ने ४९ वर्षीय खोमबहादुर थापा, मकवानपुर हेटौडा उपमहानगरपालिका–१८ घर भई हाल पोखरा–१० बुद्धचोक बस्ने ५२ वर्षीय भरतप्रसाद न्यौपाने, नवलपरासी बर्दघाट–४ घर भई हाल पोखरा–१४ बीपीमार्ग बस्ने ४२ वर्षीय जितबहादुर सारु र पर्वत जलजला–४ घर भई हाल पोखरा–७ रत्नचोक बस्ने ३६ वर्षीय शिव सुबेदी पक्राउ छन्।

उनीहरुबाट २ लाख, १५ हजार २ सय ५० रुपैयाँ नगद र २०८ पत्ती ताससमेत बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ६ दिनको म्याद थप गरी अनुसन्धान प्रकृयालाई अगाडी बढाएको छ।

पोखरा–१० बुद्धचोक बस्ने वर्ष ४५ वर्षको कुमार कार्की (रेस्टुरेन्ट संचालक), पोखरा–११ रानीपौवा घर भई बुद्ध चोक बस्ने ४६ वर्षीय मिलेन्द्रकुमार रन्जित, गोरखा गण्डकी गाउँपालिका–४ घर भई पोखरा बिजयपुर बस्ने ३३ वर्षीय सन्तोष पाण्डे, तनहुँ भिमाद–२ घर भई हाल पोखरा–१४ छिनेडाँडा बस्ने ४६ वर्षीय श्रीराम आले पक्राउ परेका हुन्।