मनास्लु हिमपहिरोमा १ जनाको मृत्यु, १५ घाइते

जनसम्मत
असाेज १०, २०७९, सोमबार

गोरखाको मनास्लु हिमालको बेस क्याम्पमा हिमपहिरो गएको छ।

पहिरोमा १ जनाको ज्यान गएको छ भने अन्य १५ जना घाइते भएका छन्। ८ हजार १ सय ६३ मिटर अग्लोे मनास्लु हिमालको ३ र ४ नम्बर बेसक्याम्पको बीचमा हिमपहिरो गएको हो।

चुमनुव्री गाउँपालिका–१ का वडाध्यक्ष छेवाङ लामाका अनुसार मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा आज मध्यान्ह १२ बजे अक्सिजनलगायत सामग्रीहरु बोकेर आधार शिविर पुगेकाहरु हिमपहिरोमा परेका हुन्।

उनका अनुसार त्यस क्षेत्रमा बिहानैदेखि मौसम खराब भएका कारण उद्धारमा समस्या भइरहेछ। उद्धारका लागि ३ वटा हेलिकप्टर सो क्षेत्रमा पठाएको छ।