यस्तो छ, चुनाव बहिष्कार गर्ने ४ दलका संघर्षको कार्यक्रमहरु

जनसम्मत
असाेज १०, २०७९, सोमबार

आसन्न निर्वाचन बहिस्कार घोषणा गरेर ४ वामपन्थी राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन्।

निर्वाचन बहिस्कार घोषणा गरेका नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्टी नेपालले सोमबार विज्ञप्ति मार्फत संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन्।

मोहन बैद्य नेतृत्व नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव गौरव, ने.क.पा. (बहुमत) का संयोजक कञ्चन, ने.क.पा. (मसाल) राष्ट्रिय अधिवेशन आयोजक समितिका संयोजक सन्तबहादुर नेपाली र माओवादी कम्युनिष्ट पार्टी, नेपालका महासचिव रामनारयण पालले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै निर्वाचन विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका हुन्।

महंगी, बेरोजगारी, उपभोग्य वस्तुको अभाव, भ्रष्टाचार, कोभिड, डेंंगुलगायतका  रोगव्याधि झेलिरहेका नेपाली जनतामाथि थोपरिएको निर्वाचन बहिष्कार गरेका बताएका उनीहरुले विरोध र संघर्षका कार्यक्रम सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

 हेर्नुहोस, संघर्षका कार्यक्रमहरु