शीर्षदलहरुको घोषणापत्रमा पत्रकार महासंघको चासो

जनसम्मत
असाेज १०, २०७९, सोमबार

नेपाल पत्रकार महासंघले पत्रकारिताका मुद्दाहरू दलका घोषणापत्रमा समावेश गर्न राजनीतिक दलका शीर्ष नेतृत्व र घोषणापत्र तयार गर्ने समिति वा कार्यदलसँग भेटेर छलफल गर्ने भएको छ।

महासंघका महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा दलका घोषणापत्रहरूमा आमसञ्चारको क्षेत्रलाई कसरी सम्बोधन गरिएको छ भन्ने कुरालाई नेपाल पत्रकार महासंघले गम्भीर चासोका साथ हेरिरहेको उल्लेख गरिएको छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्नो घोषणापत्र तयार पारिरहेका छन्।

‘संविधानसभाबाट जारी नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार, नेपाली सञ्चार क्षेत्रले उपभोग गर्दै आएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र यसका विश्वाव्यापी मूल्य, मान्यता अनुरूप दलहरूले घोषणपत्रमार्फत आफ्ना प्रतिबद्धताहरू सम्बोधन गरुन् भन्ने आग्रह र अपेक्षा महासंघले राखेको छ,’ विज्ञप्तिमा भनिएको छ।

हेर्नुहोस, महासंघको विज्ञप्ति