सुजन र पुष्पाले जिते ‘वालिङ लियो मिनि म्याराथन’को उपाधि

जनसम्मत
असाेज ८, २०७९, शनिबार

सुजन क्षत्री र पुष्पा गुरुङले स्याङ्जाको वालिङमा भएको ‘लियो मिनि म्याराथन’को उपाधि जितेका छन्।

स्याङ्जाको वालिङमा आज (शनिवार) भएको मिनि म्याराथन प्रतियोगितामा पुरुषतर्फ स्याङ्जाका सुजन क्षेत्री पहिलो हुँदै ३० हजार पुरस्कार जितेका छन्।

त्यस्तै, दाङका मनोज रोकामगर दोस्रो हुँदै २० हजार र स्याङ्जाका गीरप्रसाद गुरुङ तेस्रो हुँदै १० हजार र पाल्पाका गिरमान श्रेष्ठ चौथो हुँदै ४ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र जितेका छन्।

त्यसैगरि, महिलातर्फ पुस्पा गुरुङ पहिलो हुँदै १० हजार, दिपकला सार्की दोस्रो हुँदै ५ हजार, र ईन्द्रमाया खत्री तेस्रो हुँदै ३ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार जितेका छन्।

लियोे क्लब अफ वालिङ सिटीको आयोजनामा भएको ‘दोस्रो लियो कप २०२२ मिनी म्याराथन’ प्रतियोगितामा पुरुषका लागि १७ दशमलव ७ किलोमिटर र महिलाको लागि ९ दशमलव ८ किलो मिटरको दौड तय गरिएको क्लबका पूर्व अध्यक्ष दिक्षान्तप्रताप खाँणले जानकारी दिएका छन्। भीरकोट नगरपालिकाको कार्यालय गेटबाट सुरु भएको दौड वालिङ नगरपालिकाको कार्यालय गेटमा आएर टुंगिएको थियो। मिनी म्याराथनमा गण्डकी प्रदेशलगायत अन्य जिल्लाहरुबाट गरी १२० जना धावकहरुको सहभागिता थियो।