नवौँ राष्ट्रिय खेलकुद: ४ हजार ३३५ खेलाडीले नाम दर्ता गराए

जनसम्मत
असाेज १०, २०७९, सोमबार

गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ४ हजार ३३५ जना खेलाडीले नाम दर्ता गराएका छन्।

नवौँ खेलकुदका लागि आइतबारसम्म ७ प्रदेश, ३ विभागीय र १ एनआरएनए टोलीले आफ्नो खेलाडीहरुको नाम दर्ता गराएका हुन्।

नवौँका लागि अहिलेसम्म गण्डकी प्रदेशले सबैभन्दा धेरै खेलाडी दर्ता गरेको छ। गण्डकी प्रदेशले सबैभन्दा धेरै ७०२, त्रिभुवन आर्मीले ६७३ जना खेलाडी दर्ता गरेको छ।

एपीएफले ५२२, नेपाल प्रहरीले ४८८, सुदुरपश्चिम प्रदेशले ४३६, बागमती प्रदेशले ४३०, प्रदेश १ ले ३७१, मधेश प्रदेशले २६२, कर्णाली प्रदेशले १९७, एनआरएनएले १३१ र लुम्बिनी प्रदेशले १२३ जना खेलाडी दर्ता गराएको प्राविधिक उपसमितिले जनाएको छ। नवौ राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ गतेसम्म हुँदै छ।