आज दशैंको दोस्रो दिन, ब्रम्हचारिणी भगवतीको पूजा गरिदैं

जनसम्मत
असाेज ११, २०७९, मंगलवार

आज असोजको शुक्ल द्धितियको दिन अर्थात, बडादशैंको दोस्रो दिन।

आज ब्रम्हचारिणी भगवतीको पूजा गरिदैंछ।

बडादशैंअन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा गरिन्छ।

यसअघि, हिँजो (सोमबार) दशैँ घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरियो भने आज (मंगलबार) देवी भगवतीको पूजा आराधाना गरिदै देशभर धुमधामसाथ मनाइँदैछ।

घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ। नवरात्रका ९ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गर्ने प्रचलन छ।

दशैंको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ। पोखराको विन्ध्यवासिनी मन्दिर, गोरखाको मनकामनालगायत काठमाण्डौं उपत्यकाको गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभाभगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरूको घुँइचो लाग्दछ।

उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभारा, र सप्तरीको छिन्नमस्ता पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि भक्तालुहरूको घुँइचो लाग्दछ।