मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि नेपाल ३–१ ले विजयी

जनसम्मत
असाेज ११, २०७९, मंगलवार

नेपालले मैत्रीपूर्ण खेलमा दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो ।

नेपालको जितमा अन्जन विष्ट नायक बने। उनको ह्याट्रिकमा नेपालले सहज जित निकालेको हो।

बंगलादेशका सजाद होसेनले १ गोल फर्काए। नेपालले खेलको १८ औं मिनेटमा अन्जनको गोलबाट सुरुआती बनाएको थियो। विमल घर्तिमगरको फ्री–किकमा अन्जनले हेडरमार्फत गोल गरेका हुन्। २७ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए। ३८ औं मिनेटमा अन्जनले ह्याट्रिक पूरा गर्दै नेपाललाई ३–० को अग्रता दिलाए।

खेलको ५५ औं मिनेटमा सजाद होसेनले गोल गर्दै बंगलादेशलाई ३–१ को स्थितिमा ल्याए। त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र नेपाल ३–१ ले विजयी बन्यो।