साबा च्याम्पियनसीप: नेपालको पहिलो जित

जनसम्मत
असाेज १२, २०७९, बुधबार

माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसीपमा नेपालले पहिलो जित दर्ता निकालेको छ।

मालेस्थित सोसल सेन्टर इन्डोर हलमा मंगलबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ५५–४७ ले पराजित गर्दै पहिलो जित हात पारेको हो।

पहिलो खेलमा आयोजक माल्दिभ्सविरुद्ध ५१–४७ को पराजय भोगेको नेपालले दोस्रो खेलमा पुनरागमन गरेको हो।
च्याम्पियनसीपमा नेपालसँगै माल्दिभ्स, श्रीलंका र भुटानको सहभागिता छ। नेपालले तेस्रो खेलमा आज (बुधबार) भुटानविरुद्ध खेल्दैछ ।