नवौं राष्ट्रिय खेलकुद: अनुसन्धान उपसमितिको संयोजकमा पराजुली

जनसम्मत
असाेज १२, २०७९, बुधबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गठित अनुसन्धान उपसमितिको संयोजकमा हरिप्रसाद पराजुलीलाई मनोनयन गरिएको छ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गठित विभिन्न १४ उपसमितिमध्ये अनुसन्धान उपसमितिको संयोजक पद भने रिक्त थियो।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पराजुलीलाई संयोजकको जिम्मेवारी दिएको हो। नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष समेत रहेका पराजुली पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी समेत हुन्।

संयोजकको जिम्मेवारी दिएकोमा पराजुलीले राखेप सदस्य सचिव टंकलाल घिसिङलाई धन्यबाद दिएका छन्।