साबा महिला बास्केटबलमा नेपाल फेरि पनि उपविजेता

जनसम्मत
असाेज १३, २०७९, बिहीवार

नेपालले साबा महिला बास्केटबल च्याम्पियनसीपमा उपविजेतामै चित्त बुझाएको छ।

माल्दिभ्ससँग भएको पहिलो खेलमा हार बेहोरेको नेपालले पछिल्ला २ खेलमा भुटान र श्रीलंकालाई हराएको थियो।

तर, च्याम्पियनसीपको राउन्ड रोविन अन्तर्गत अन्तिम खेलमा हिँजो माल्दिभ्सलाई ७२–५९ ले हराउँदै श्रीलंका च्याम्पियन बन्यो।

यसअघि, सन् २०१६ मा नेपालमा भएको पहिलो संस्करणमा पनि श्रीलंका विजेता बन्दा नेपाल दोस्रो भएको थियो। प्रतियोगितामा नेपालसहित श्रीलंका, माल्दिभ्स र भुटान सहभागी थिए।