पोखरा महानगरले बजार अनुगमनलाई तीब्रता दियो

जनसम्मत
असाेज १२, २०७९, बुधबार

पोखरा महानगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ।

नेपालीहरुको महान चाडपर्व दसैं, तिहार र छठ नजिकिँदै गर्दा बजार अनुगमन तिव्र पारेको हो। पोखरा महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले एक सातादेखि बजार अनुगमन गरिरहेको छ।

पोखराका मुख्यजारका पसलहरुमा अनुगमन गरिएको महानगर उपप्रमुख एवं उपभोक्ता हित संरक्षणमा संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिएकी छन्। बजार अनुगमन अन्तर्गत पोखरा २५ हेमजाको मिलनचोकस्थित ६ वटा खाद्य पसलमा अनुगमन गरेको छ।

अनुगमनमा मुल्यसूची नभएको, पसल दर्ता र दर्ता भएका पसल नवीकरण नभएका तथा म्याद नाघेका खाद्य सामग्री फेला परेको अनुगमनमा सहभागी महानगरका सहायक पाँचौ ऋषिराम सापकोटाले जानकारी दिएका छन्।

अनुगमनमा ६ वटै पसलका संचालकलाई संपूर्ण कागजपत्रसहित बुधबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन तारिख दिएको सापकोटाले जानकारी दिए। अनुगमनमा एकराज किराना पसलबाट म्याद नाघेका ३२४०, बैजनी किराना पसलबाट ५०० रुपैयाँ मूल्य बराबरको म्याद नाघेका खाद्य सामग्री नष्ट गरिएको छ।

त्यस्तै, शुभकार्य मसला तथा झिलिङगा उद्योग, सन्देश किराना पसल, घामपानी सुपर मार्केटमा जोख्ने सामग्रीको दर्ता नगरेको, पसल नविकरण नगरेको पाएकाले नविकरण गर्न र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको पोखरा २५ का वडाध्यक्ष मोतीलाल तिम्सेनाले जानकारी दिए।

उनले पसल संचालन गर्दा दर्ता गरेर बैधानिक रुपमा संचालन गर्न सबै वडावासीलाई अनुरोध गरेका छ। एनले जनस्वास्थ्यलाई ख्याल गरेर ब्यवसाय संचालन गर्न समेत आग्रह गरेका छन्।