पोखरा महानगरको अनुगमन लेखनाथ बजारमा

जनसम्मत
असाेज १३, २०७९, बिहीवार

पोखरा महानगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ।

पोखरा महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले एक सातादेखि बजार अनुगमन गरिरहेको छ।

पोखराका मुख्यबजारका पसलहरुमा अनुगमन गरेको हो। महानगर उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा अनुगमन गरिएको हो। अनुगमन अन्तर्गत पोखरा २६ र २७ का ५ वटा खाद्य पसलमा अनुगमन गरेको थियो।

अनुगमनमा मुल्यसूची नभएको, पसल दर्ता र दर्ता भएका पसल नवीकरण नभएका तथा म्याद नाघेको खाद्य सामग्री र नापतौल दर्ता र नवीकरण नभएका फेला परेको अनुगमनमा सहभागी महानगर उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेलले जानकारी दिएका छन्।

अनुगमनमा ६ पसलका सञ्चालकलाई संपूर्ण कागजपत्रसहित महानगरपालिका, नापतौल तथा गुणस्तर कार्यालयमा ३ दिनभित्र उपस्थित हुन तारिख दिइएको जानकारी पौडेलले दिए।

अनुगमनमा पोखरा २६ को राखी सप्लायर्सबाट म्याद नाघेको फेन्टा ७, मम मसला एक गरी ८२५, सेम्सा डिपार्टमेन्ट स्टोर्सबाट फेन्टा ४ र फुट कलर २ गरि ३१०, बीबीटी जनरल स्टोर्स प्रालिलाई ३ दिनभित्र नापतौल कार्यालयमा उपस्थित हुन म्याद दिइएको छ।

त्यस्तै, पोखरा–२७ को थापा स्टोर्समा ढक तराजु दर्ता र नविकरण नगरेको, झोल सावुन र रसगुल्ला म्याद नाघेको २२२० रुपैयाँ मूल्य बराबरको नष्ट गरिएको छ। वडा नम्बर २७ कै ड्रागन मार्ट प्रालिले पुँजी कम राखी राजस्व कम तिरेको पाइएको अनुगमन समितिले जनाएको छ भने म्याद नाघेको कनफेक्स नष्ट गरिएको छ। पोखरा–२६ का वडा अध्यक्ष नरेन्द्र थापाले पसल सञ्चालन गर्दा दर्ता गरेर बैधानिक रुपमा संचालन गर्न सबै वडावासीलाई अनुरोध गरेका छन्। उनले जनस्वास्थ्यलाई ख्याल गरेर ब्यवसाय सञ्चालन गर्न समेत आग्रह गरेका छन्।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय कास्की, गुणस्तर तथा नापतौल कार्यालय, वडाका जनप्रतिनिधि र उपभोक्ता मञ्च र पत्रकारको सहभागिता थियो।