गण्डकी प्रदेशका सांसदहरुलाई कदरपत्र दिएर विदाई गरियो

जनसम्मत
असाेज १४, २०७९, शुक्रबार

गण्डकीका सांसद आज (शुक्रबार)देखि विदा भएका छन्।

प्रदेश संसद सचिवालयले कदरपत्र दिएर उनीहरुलाई विदाई गरेको हो।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सबै सांसदलाई कदर पत्र हस्तान्तरण गरे। दसैंको शुभकामना आदान–प्रदानसहित उनीहरुलाई विदाइ कार्यक्रम राखिएको थियो।

सांसदको विदाइ भएपनि उनीहरुको अवधीबारे अहिले मुद्धा विचाराधीन छ। यद्यपी, प्रदेश सांसदहरुलाई असोज १ गतेको कदरपत्र वितरण गरिएको हो।

सांसदको अवधी सकिएसँगै गण्डकी प्रदेश सरकार काम चलाउ भैसकेको छ। उनीहरु सांसद विनाका मन्त्री बनेका छन्।

प्रदेश प्रमुखले संघीय संरचनाले देशलाई विकासको उत्कृष्ट नमुना दिनुपर्ने बताए। यद्यपी, राजनीतिक स्थिरता नहुँदा विकास निर्माणको अभियानमा केही धक्का लागेको प्रदेश प्रमुखको भनाई छ।