गण्डकी प्रदेशमा कोजाग्रत पूर्णिमाको दिन सार्वजनिक विदा

जनसम्मत
असाेज १५, २०७९, शनिबार

गण्डकी प्रदेश सरकारले असोज २३ गते कोजाग्रत पूर्णिमाको दिनमा सार्वजनिक विदा दिएको छ।

प्रदेशको आन्तरिक मामिला मन्त्रालयअनुसार गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०७८ चैत १८ मा नै यसबारे निर्णय गरेको थियो।

गत वर्षको निर्णय प्रदेश राजपत्रमा प्रकाशन भई सार्वजनिक विदासम्बन्धी सूचनामा राखिएकाले सोही राजपत्रको आधारमा कोजाग्रत पूर्णिमाको दिनमा सार्वजनिक विदा दिइएको हो।

गण्डकी प्रदेशका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरू असोज २४ गते (सोमबार)देखि संचालनमा आउनेछन्।