लमजुङमा इजाजतप्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासनको निर्देशन

जनसम्मत
असाेज १५, २०७९, शनिबार

इजाजतप्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय लमजुङले निर्देशन दिएको छ।

जमजुङ प्रशासनले सार्वजनिक सूचना जारी गर्दै ५ कात्तिकभित्र हातहतियार बुझाइसक्न निर्देशन दिएको हो।

४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको हो।

हातहतियार निर्वाचन सम्पन्न भएको एक हप्तापछि फिर्ता हुनेछन्। हातहतियार तोकिएको समयमा नबुझाए कानुनअनुसार कार्बाही गरिनेछ।