रोहन र सृष्टिले जिते लक्ष्मी आदर्शको म्याराथन दौड

जनसम्मत
असाेज १५, २०७९, शनिबार

रोहन गुरुङ र सृष्टि रेग्मीले लक्ष्मी आदर्श यूवा क्लव दोस्रो म्याराथन दौड जितेका छन्।

पोखरा महानगरपालिका–२७ स्थित स्थानीय युवा क्लबले आयोजना गरेको दोस्रो संस्करणको म्याराथन दौडमा पुरुषतर्फ रोहन र महिलातर्फ सृष्टि विजयी बनेका हुन्।

प्रतियोगितामा पुरुषतर्फ रोहनले कच्ची सडकको ४.३ कि.मी.को निर्धारित दूरी १५.४० मिनेटमा पार गर्दै पहिलो बने। त्यस्तै, अनिल गुरुङले १६.२७ मिनेटमा दूरी पार गर्दै दोस्रो र कविर पौडेलले निर्धारित दूरी १६.५६ मिनेटमा पार गर्दै तेस्रो बने।

महिलातर्फ सृष्टि रेग्मीले निर्धारित दूरी ३६.२८ पार गर्दै म्याराथन जितिन्। त्यस्तै रुविना बास्तोलाले निर्धारित दूरी ३६.२९ मिनेटमा पार गर्दै दोस्रो र सर्मिला कार्कीले निर्धारित दूरी ४३.५२ मिनेटमा पार गर्दै तेस्रो बनिन्।

रचित पौडेलको संयोजकत्वमा आयोजित दोस्रो म्याराथन दौड प्रतियोगितामा पुरुष र महिला गरि ४० प्रतिस्पर्धी थिए।