इन्डोनेसियामा फुटबल खेलको दौरान भागदौड, १२७ जनाको मृत्यु

जनसम्मत
असाेज १६, २०७९, आइतबार

इन्डोनेसियाको फुटबल खेलका दौरान भागदौड मच्चिएको छ।

भागदौड मच्चिँदा कम्तिमा १२७ जनाको मृत्यु भएको छ।

हुलदंगा मच्चाउने समर्थकमाथि प्रहरीले टियर ग्यास प्रहार गरेपछि भागदौड मच्चिएको त्यहाँका अधिकारीहरूले बताएका छन्। पूर्व जाभामा अरमेरा एफसीले परसेबाया सुराबायाविरुद्धको खेल हारेपछि हुलदंगा सुरु भएको थियो।

भिडियोमा अन्तिम सिट्टीलगत्तै समर्थकहरू मैदानमा प्रवेश गरेको देखिन्छ। त्यसलगत्तै प्रहरीले टियर ग्यास प्रहार गरेको र यसले गर्दा भागदौड मच्चिएको प्रहरी प्रमुख निको अफिन्ताले बताएका छन्। उनले मृत्यु हुनेमा २ जना प्रहरी अधिकारीहरू समेत रहेको जानकारी दिएका छन्।

‘३४ जनाको स्टेडियमभित्र र बाँकीको अस्पतालमा मृत्यु भएको हो,’ उनले भने। सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोमा शवहरू मैदानमा यत्र–तत्र छरिएको देखाइएको छ। इन्डोनेसियाको फुटबल एशोसिएसनले घटनाको छानबीन सुरु गरेको छ। त्यहाँको शीर्ष लिग बीआरआई लिगा वानलाई एक हप्ताको लागि स्थगित गरिएको छ।