नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेट आजदेखि सुरु

जनसम्मत
असाेज २३, २०७९, आइतबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट आज (आइतबार) देखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुरु भएको छ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संयूक्त रुपमा प्रतियोगिताको उद्घाटन गरेका हुन्।

उक्त कार्यक्रममा पोखरा महानगर प्रमुख आचार्यले बलिङ र राखेप सदस्य सचिव घिसिङले ब्याटिङ गरी प्रतियोगिताको उद्घाटन गरे।घरेलु गण्डकी प्रदेश र मधेश प्रदेशबीचको उद्घाटन खेल भएको हो।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको खेलमा कुल ९ टिमको सहभागिता छ। समूह ‘ए’ मा एपीएफ क्लब, मधेस प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश छन्। त्यसैगरी, समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश छन्।