कास्कीको ३ वटै क्षेत्रमा गठबन्धन र एमालेका तर्फबाट उम्मेदवारी दर्ता

जनसम्मत
असाेज २३, २०७९, आइतबार

कास्कीमा गठबन्धन र एमालेकातर्फबाट ३ वटै क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन्।

कास्कीको निर्वाचन क्षेत्र नं १ बाट गठबन्धनका तर्फबाट नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले उम्मेदवारी दर्ता गराएका छन्।

सोही निर्वाचन क्षेत्रको प्रदेशसभा क्षेत्र ‘क’ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका दीपक कोइराला र प्रदेशसभा क्षेत्र ‘ख’ का लागि गठबन्धन तर्फबाट काँग्रेसका दीपक गुरुङ (माइला) ले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङको उम्मेदवारी दिएका छन्। त्यस्तै, सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभा ‘क’ का लागि खगराज अधिकारी र ‘ख’ का लागि बेदबहादुर गुरुङ श्यामको उम्मेदवारी परेको छ।

त्यस्तै, कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभाका लागि गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले उम्मेदवारी दर्ता गराएका छन्। सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभा क्षेत्र ‘क’ का लागि गठबन्धनबाट माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने र क्षेत्र ‘ख’ बाट गण्डकी प्रदेश सरकारका कानूनमन्त्री विन्दुकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईको उम्मेद्वारी परेको छ। प्रदेशसभा ‘क’ का लागि भीम कार्की र ‘ख’ का लागि मीना गुरुङको उम्मेदवारी परेको छ।

कास्कीको निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभाका लागि गठबन्धनबाट गण्डकी प्रदेश सरकारको अर्थमन्त्री रामजीप्रसाद बरालले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका छन्।

सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ का लागि गठबन्धनबाट माओवादी केन्द्रका दुर्गादत्त भण्डारी र प्रदेशसभा ‘ख’ का लागि काँग्रेसका प्रकाश बरालले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

त्यस्तै सोही निर्वाचन क्षेत्रबाट एमालेबाट प्रतिनिधिसभाका लागि दामोदर बैरागीले उम्मेदवारी दिएका छन्। सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभाका लागि एमालेबाट ‘क’ मा गणेशमान गुरुङ र ‘ख’ मा राजीव पहारी चुनाव लड्दैछन्।

यसैगरी, कास्कीका अन्य क्षेत्रहरुमा पनि सत्ता गठबन्धन र नेकपा(एमाले), साना राजनीतिक दल, स्वतन्त्र तर्फबाट उम्मेदवारी दर्ता भएको छ।