नवौं राष्ट्रिय खेलकुदः ह्याण्डबल खेल सुरु

अर्थमन्त्री शर्माबाट उद्घाटन, पुरुषतर्फ घरेलु गण्डकीको दोहोरो जित

जनसम्मत
असाेज २४, २०७९, सोमबार

नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ह्याण्डबल खेल सुरु भएको छ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सुरु प्रतियोगिताको नेपाल सरकार अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेका हुन्।

मन्त्री शर्माले रेफ्रीलाई बल हस्तान्तरण गर्दै ह्याण्डबल खेलको उद्घाटन गरेका हुन्।

मन्त्री शर्माले उद्घाटनमा बोल्दै स्वस्थ प्रतिस्पर्धा गर्न खेलाडीसमक्ष आग्रह गरे। खेलकुद स्वस्थ र स्वच्छ हुन्छ, खेलाडीले पनि स्वस्थ

प्रतिस्पर्धामार्फत खेललाई उत्सवमा पु¥याउन शर्माले आग्रह गरे। राष्ट्रिय खेलकुदमार्फत प्रतिभावान खेलाडीहरुको उत्पादन हुने उनको भनाई थियो।

प्रतियोगितामा ७ प्रदेश र २ विभागीय गरी ९ टिमको सहभागिता छ। विभागीय नेपाल पुलिस र एनआरएनएले ह्याण्डबलमा सहभागिता जनाएको छैन। महिला/पुरुष गरी ९ टिमबाट खेलाडी, टिम प्रशिक्षक, टिम व्यवस्थापक र अफिसियल गरी ह्याण्डबलमा करिब ३ सयको सक्रिय सहभागिता छ। असोजको २९ गतेसम्म ह्याण्डबलका खेलहरु हुनेछन्।

 

पुरुषतर्फ घरेलु गण्डकीको दोहोरो जित

सोमबारदेखि सुरु ह्याण्डबलमा पुरुषतर्फ घरेलु गण्डकीले दोहोरो जित हात पारेको छ। गण्डकीले मधेश प्रदेश र कर्णालीलाई हराउँदै ६ अंक बटुलेको छ।
उद्घाटन खेलमा पुरुषतर्फ घरेलु गण्डकीले मधेश प्रदेशमाथि ६६–१३ को फराकिलो अन्तरले हरायो । उक्त खेलमा गण्डकीका चन्द्र केसीले सर्वाधिक १० गोल गरे।
त्यस्तै, गण्डकीले आफ्नो दोस्रो खेलमा कर्णाली प्रदेशमाथि ५८–२० को फराकिलो जित निकाल्यो। गण्डकीका चन्द्र केसी, सन्तोष श्रेष्ठ र प्रेमबहादुर गुरुङले समान ८/८ सर्वाधिक अंकको स्कोर निमाले।

 

पुरुष ह्याण्डबलः आर्मीको जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुषतर्फ ह्याण्डबलको दोस्रो खेलमा विभागीय आर्मीले सहज जित निकालेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा समूह ‘ए’ को आर्मीले बागमती प्रदेशमाथि ४३–८ को सहज जित निकालेको हो।
आर्मीका लागि आकाश अधिकारीले सर्वाधिक ८ र बागमतीका लागि महेश पुरीले सर्वाधिक ४ गोल गरे।

 

पुरुष ह्याण्डबलः एपीएफ विजयी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुषतर्फ ह्याण्डबलको तेस्रो खेलमा विभागीय सशस्त्र प्रहरी बलको एपीएफले विजयी सुरुवात गरेको छ। समूह ‘बी’ मा रहेको एपीएफले लुम्बिनी प्रदेशमाथि ३६–१३ ले जित निकालेको हो। जितसँगै एपीएफले महत्वपूर्ण ३ अंक बटुलेको छ। एपीएफका लागि सन्दीप कार्कीले सर्वाधिक ९ गोल गरे। त्यस्तै, लुम्बिनी प्रदेशका शरण थापाले पनि सर्वाधिक ९ गोल गरे।

 

पुरुष ह्याण्डबलमा सुदूर पश्चिमको जित

पुरुष ह्याण्डबलमा सुदूरपश्चिमले पनि जित निकाल्दै ३ अंक जोडेको छ। सुदूरपश्चिमले प्रदेश–१ लाई २९–१५ ले हरायो। सुदूरपश्चिमका मनोज ठगुन्नाले सर्वाधिक ८ गोलको स्कोर निकाले।

 

महिला ह्याण्डबलः प्रदेश १ विजयी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुरु ह्याण्डबल खेलमा महिलातर्फ पहिलो खेलमा प्रदेश–१ ले विजयी सुरुवात गरेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा प्रदेश–१ ले कर्णाली प्रदेशलाई २६–४ को फरक अन्तरले जित हात पारेको हो। जितसँगै प्रदेश–१ ले महत्वपूर्ण ३ अंक बटुलेको छ।
उक्त खेलमा प्रदेश–१ की उजल राईले सर्वाधिक ९ र कर्णालीको टिमबाट संगीता सिंहले सर्वाधिक २ गोल गरे।

 

महिला ह्याण्डबलः आर्मीे विजयी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुरु ह्याण्डबल खेलमा महिलातर्फ विभागीय आर्मीले विजयी सुरुवात गरेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा समूह ‘बी’ आर्मीले मधेश प्रदेशमाथि ४६–२ को फराकिलो गोलअन्तरले जित निकाल्यो। जितसँगै आर्मीले महत्वपूर्ण ३ अंक बटुलेको छ। आर्मीकी शान्तिकला राईले सर्वाधिक १४ गोल गरिन्।

 

महिला ह्याण्डबलः एपीएफ विजयी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुरु ह्याण्डबल खेलमा महिलातर्फ विभागीय सशस्त्र प्रहरी बल एपीएफले विजयी सुरुवात गरेको छ। समूह ‘ए’ अन्तर्गत एपीएफले घरेलु गण्डकीलाई २३–७ ले जित निकालेको हो। जितसँगै एपीएफले पनि महत्वपूर्ण ३ अंक बटुलेको छ। एपीएफकी उमा राईले सर्वाधिक ८ गोल गरिन्।
पुरुष ह्याण्डबलः आर्मीको जित