नवौं राष्ट्रिय खेलकुद: बागमतीलाई फेन्सिङबाट पहिलो स्वर्ण

जनसम्मत
असाेज २४, २०७९, सोमबार

बागमती प्रदेशलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो स्वर्ण पदक हात लागेको छ।

प्रतियोगिताअन्तर्गत आयोजित फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशकी शिक्षा नापितले जितेकी छिन्।

उनले व्यक्तिगत सेबरतर्फको इभेण्टमा शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। उनी पोखरामा स्वर्ण पदक जित्ने पहिलो खेलाडी समेत बनेकी छन्।

नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा तेस्रो स्थान रहँदै काास्य पदकमा चित्त बुझाए। प्रतियोगिता ईपी, फोयल र सेबर इभेण्टमा व्यक्तिगत र टिम इभेण्टमा प्रतिस्पर्धामा गर्नेछन्। प्रतियोगितामा २ विभागीयसहित ६ टिमको सहभागिता छ।

नेपाली आर्मी, शसस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश–१ र सुदूरपश्चिम प्रदेशको सहभागिता छ। आठौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगञ्जमा गण्डकी प्रदेशले फोयल टिम इभेण्टमा महिला तथा पुरुषमा कास्य पदक जितेको थियो।

ह्याण्डबल तथा फेन्सिङ प्रतियोगिताको अर्थमन्त्री जनार्दन शर्माले उदघाटन गरेका हुन्। उनले विश्वमा खेलकुद मात्रै स्वस्थ्य प्रतिस्पर्धा हुने जिकिर गरे। शर्माले प्रतियोगितामा सहभागी खेलाडीहरुलाई विजयीको शुभकामना समेत व्यक्त गरे।