राष्ट्रिय खेलकुदः फेन्सिङमा विभागीय आर्मी र एपीएफलाई स्वर्ण

एकल पुरुष सेवरमा एपीएफका राजेन्द्र गजुरेल, फोयल महिलातर्फ आर्मीकी रमा सिंह र इपी पुरुषतर्फ ओमकारलाई स्वर्ण पदक

जनसम्मत
असाेज २५, २०७९, मंगलवार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दोस्रो दिन फेन्सिङ एकल सेवरतर्फ एपीएफका राजेन्द्र गजुरेलले स्वर्ण जितेका छन्।

त्यस्तै, महिलातर्फको फोयलमा आर्मीकी रमा सिंहले स्वर्ण जितेका छन्।

पुरुषतर्फको इपीमा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जितिसकेका छन्।

गजुरेलले एपीएफका लागि पहिलो स्वर्ण दिलाए। यसअघि, ७ औ राष्ट्रिय खेलकुदमा टिम इभेन्टमा रजत, ८ औंमा टिम र एकलमा रजत पदक जितेका थिए।

सेभरमा नेपाल आर्मीका उपेन्द्रबहादुर शाहीले रतज पदक जितेका छन्। त्यसैगरी, आर्मीकै रघुवीरचन्द्र र एपीएफका खेमराज खत्रीले कास्य पदकमा चित्त बुझाए।

महिलातर्फको फोयलमा स्वर्ण पदक विजेता सिंहले ७ औं राष्ट्रिय खेलकुदमा स्वर्ण र ८ औंमा रजत पदक जितेकी थिइन्। एपीएफकी मनिषा राईले रजत पदक र एपीएफकी मनिषा थापा र अनिता अधिकारीले कास्य पदक हात पारे।

पुरुषतर्फको इपीमा स्वर्ण जित्ने सिंहले ८ औंमा पनि स्वर्ण पदक जितेकी थिइन्। इपिमा आर्मीका राम थापाले रजत पदक जिते । त्यसैगरी, गण्डकी प्रदेशका विजय अधिकारी र एपीएफका मिन कार्कीले कास्य पदक जित्न सफल भए। गण्डकी प्रदेशका अधिकारीले पहिलो पदक जित्न सफल भएका हुन्।

फेन्सिङको अंकतालिका अनुसार आर्मी शीर्ष स्थानमा छ। आर्मीले २ स्वर्ण, ३ रजत र ४ कास्यसहित ९ पदक प्राप्त गरेको छ। त्यसैगरी, बागमती प्रदेशले २ स्वर्ण, १ रजत र १ कास्यसहित ४ पदक प्राप्त गरेको छ। शसस्त्र प्रहरीको एपीएफले १ स्वर्ण, २ रजत र ६ कास्यसहित ९ पदकका साथ तेस्रो स्थानमा छ। सुदूरपश्चिम प्रदेश–१ स्वर्ण पदकसहित चौथो स्थान छ। त्यसैगरी, गण्डकी प्रदेश–१ कास्यसहित पाचौं स्थानमा छ। प्रदेश–१ ले अहिलेसम्म पदक जित्न सकेका छैनन्।

प्रतियोगिताका विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङलगायतले पदक वितरण गरे।