राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा एपीएफ र सुदूरपश्चिम विजयी

जनसम्मत
असाेज २५, २०७९, मंगलवार

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा नेपाल सशस्त्र प्रहरी बलको एपीएफ र सुदूरपश्चिम बिजयी भएका छन्।

पोखरा रंगशालमा मंगलबार भएको पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको हो।

पहिला ब्याटिङ गरेको बागमतीले पूरा २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ८९ रन जोडेको थियो। जितका लागि ९० रन पछ्याउने क्रममा एपीएफले १९.१ ओभरमा ६ विकेट गुमाएर विजयी लक्ष्य प्राप्त गरेको हो। एपीएफको व्याटिङमा रोमा थापाले २२, ममता चौधरीले १७, सीता राना र नेरी थापाले समान १६ रन बनाए।

बागमतीको तर्फबाट अस्मिना कर्माचार्यको अविजित १९ तथा सुमन खतिवडाको १९ रनको पारी खेलेका थिए। एपीएफको बलिङमा रेखा रावल, नेरी थापा र इन्दु बर्माले समान १ विकेट हात पारे । बागमतीका बलरहरु सोनी पाख्रिन र सुमन खतिवडाले समान २/२ तथा अस्मिना कर्माचार्यले १ विकेट लिइन्। खेलमा एपीएफकी नेरी थापा ‘प्लेयर अफ द म्याच’ बनिन्।

मंगलबारको अर्को खेलमा सुदुर पश्चिमले घरेलु टोली गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ। पहिला व्याटिङ गरेको गण्डकीले पूरा २० ओभर खेल्दै ५ विकेटको क्षतिमा ५९ रन बनायो। गण्डकीको तर्फबाट श्रृष्टि जैसीले २८, ज्योत्सना मरासिनीले ७, सीमाना केसीले ६, शीला क्षत्रीले अभिजित ६ रन बनाइन्। सुदूरपश्चिमको बलिङतर्फ रितु कनौजियाले २ तथा अनु कडायत, स्नेहा महरा र सावित्री धामीले समान १/१ विकेट लिए।

जितका लागि ६० रनको लक्ष्यसहित मैदान उत्रिएको सुदूरपश्चिमले १०.२ ओभरमा ४ विकेट गुमाउँदा विजयी लक्ष्य प्राप्त गरेको थियो। सुदुर पश्चिमको व्याटिङमा रितु कनौजियाले २० बलको सामना गर्दै ३ चौकाको मद्धतमा २२ रन बनाइन्। त्यस्तै, स्नेहा महराले २७ बलमा ४ चौकासहित २१ रन हानिन्। गण्डकीका बलरहरु शीला क्षत्रीले २ र श्रृष्टि जैसीले १ विकेट लिइन्। खेलमा सुदूरपश्चिमकी रितु कनौजिया ‘प्लेयर अफ द म्याच’ बनिन्।