राष्ट्रिय खेलकुदः फेन्सिङमा बागमतीलाई २, आर्मीलाई १ स्वर्ण

जनसम्मत
असाेज २६, २०७९, बुधबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बुधबार फेन्सिङको पुरुष टिम फोयलमा बागमतीले नेपाली सेनालाई पन्छाउँदै स्वर्ण पदक जितेको छ।

बागमतीको यो फेन्सिङ तेस्रो स्वर्ण पदक समेत हो।

पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा नेपाली सेनाले रजत पदकमा चित्त बुझाउँदा सुदूरपश्चिम र प्रदेश–१ ले कास्य पदक प्राप्त गरेका छन्।

महिला ईपी टिम इभेण्टको स्वर्ण नेपाली सेनाले जितेको छ। सेनाले सशस्त्र प्रहरी बलका खेलाडीलाई पन्छाउँदै स्वर्ण जिते। सशस्त्रले रजत पदकमा चित्त बुझाउँदा प्रदेश–१ र सुदूरपश्चिमले कास्य पदक जिते।

महिला सेबर टिम इभेन्ट प्रतिस्पर्धामा बागमतीले स्वर्ण, नेपाली सेनाले रजत र सशस्त्र प्रहरी तथा प्रदेश–१ ले कास्य पदक जिते।
फेन्सिङको अंक तालिकाअनुसार बागमती प्रदेश शीर्ष स्थानमा उक्लेको छ। बागमतीले ४ स्वर्ण, १ रजतसहित ५ पदक प्राप्त गरेको छ। त्यसैगरी, आर्मीले ३ स्वर्ण, ५ रजत र ६ कास्यसहित १४ पदक प्राप्त गरेको छ।

सशस्त्र प्रहरी १ स्वर्ण, ३ रजत र ६ कास्यसहित १० पदका साथ तेस्रो स्थानमा छ। सुदूरपश्चिम १ स्वर्ण २ कास्यसहित ३ पदक जितेको छ। त्यसैगरी, प्रदेश–१ ले ३ कास्यसहित पाँचौ स्थानमा छ। त्यसैगरी, गण्डकी प्रदेशले १ कास्य पदक प्राप्त गरेको छ।