पाकिस्तानको बलुचिस्तानस्थित जाभर पर्ल कन्टिनेन्टल पाँचतारे होटलमा बन्दुकधारीद्धारा आक्रमण

चीन र पाकिस्तानमा थप आक्रमण हुनसक्ने आक्रमणकारी समूहको ट्वीटर अकाउन्टमा उल्लेख

एजेन्सी
वैशाख ३०, २०७६, सोमबार

पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको पाँचतारे होटेलमा बन्दुकधारीले आक्रमण गरेका छन् ।

तीन जना बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा एक जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । चीनिया परियोजना अन्तर्गत् अर्वौ डलर लगानीमा निर्माण गरिएको जाभर पर्ल कन्टिनेन्टल होटेललाई लक्षित गरी आक्रमण गरिएको हो ।

रमदानका कारण होटेलमा कोही पनि पाहुना नरहेको र होटेलका केही कामदार मात्रै रहेको होटेलका प्रवक्ताले जनाएका छन् । बलुचिस्तान स्वतन्त्र सेनाका अनुसार आक्रमण चीनिया र अन्य लगानीकर्तालाई लक्षित गरी गरिएको हो ।

आक्रमणकारी समूहसँग आवद्ध ट्वीटर अकाउन्टमा चीन र पाकिस्तानमा थप आक्रमण हुनसक्ने भनिएको छ । स्थानीय सर्वसाधारणलाई फाइदा नहुने भन्दै बलुचिस्तानका सैन्य समूह चीनिया लगानीको विपक्षमा रहेका छन् ।