राष्ट्रिय खेलकुद: फेन्सिङको महिला टिम इभेण्टमा एपीएफलाई स्वर्ण

जनसम्मत
असाेज २७, २०७९, बिहीवार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार फेन्सिङको महिला टिम फोयलमा सशस्त्र प्रहरी बल एपीएफले स्वर्ण पदक जितेको छ।

एपीएफले वागमतीलाई ४५–३६ अंकले पछि पार्दै स्वर्ण पदक जितेको हो । फेन्सिङमा एपिएफको यो दोस्रो स्वर्ण पदक हो ।

पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाईनल प्रतिस्पर्धामा वागमतीले रजत पदक प्राप्त गर्दा गण्डकी प्रदेश र आर्मीले कास्य पदकमा चित्त बुझाए ।

फेन्सिङको पदक तालिकामा वागमती प्रदेश शिर्ष स्थानमा छ । वागमतीले ४ स्वर्ण, २ रजत सहित ६ पदक जितेको छ । त्यसैगरी आर्मीले ३ स्वर्ण, ५ रजत र ७ कास्य सहित १५ पदक प्राप्त गरेको छ ।

सशस्त्र प्रहरी २ स्वर्ण, ३ रजत र ६ कास्य सहित ११ पदका साथ तेस्रो स्थानमा छ । सुदुरपश्चिम १ स्वर्ण, २ कास्यसहित ३ पदकसहित चौथो, प्रदेश १ ले ३ कास्य सहित पाँचौ र २ काश्य जितेको गण्डकी प्रदेश पदक तालिकाको पुछारमा रहेको छ ।