राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एनआरएनएको बिजयी सुरुवात

जनसम्मत
असाेज २७, २०७९, बिहीवार

गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बिजयी सुरुवात गरेको छ।

पोखराको याम्दीस्थित गोष्तेघाट खेलमैदानमा विहीबारदेखि सुरु भएको खेलमा एनआरएनएले प्रदेश–१ लाई २–० अन्तरले पराजित गर्दै बिजयी सुरुवात गरेको हो।

एनआरएनएको जितमा विमल घर्तीमगर र सञ्जोग राईले गोल गरे। विमलले खेलको ८ औं मिनेटमा गोल गर्दै एनआरएनएको खाता खोलेका थिए। दोस्रो गोल भने सञ्जोगले दोस्रो हाफको १० औं मिनेटमा गरे।

त्यस्तै, राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बिहिबार भएको पुरुष फुटबलको दोस्रो खेलमा बागमतीले मधेशलाई २–० गोल अन्तरले हराएको छ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि बागमतीले दोस्रो हाफमा २ गोल गर्दै सहज जित निकालेको हो।

बागमतीका लागि अञ्जन विष्ट र सुनिल बलले गोल गरे। खेलको ३९ औं मिनेटमा सुनिलको गोलमा अग्रता लिएको बागमतीका लागि ४५ औं मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारे। खेलको पहिलो हाफमा मधेश प्रदेशले बागमतीलाई निकै दबाबमा राखेपनि गोल गर्न नसक्दा हार व्यहारेको हो।

बिहीबारको पहिलो खेलमा एनआरएनएले प्रदेश–१ लाई २–० गोलअन्तरले पराजित गरेको थियो। प्रतियोगिता अन्तरगत शुक्रबार लुम्बिनी प्रदेश र त्रिभुवन आर्मीबीच पहिलो तथा कर्णाली र सुदुरपश्चिमबीच दोस्रो खेल हुनेछ।