राष्ट्रि खेलकुद: महिला फुटबलमा विभागीय टोलीको सहज जित

जनसम्मत
असाेज २७, २०७९, बिहीवार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलको दोस्रो खेलमा बिभागीय टिम नेपाल आर्मीले सहज जित निकालेको छ।

स्याङजाको वालिङमा भएको खेलमा आर्मीले मधेशलाई ६–० गोल अन्तरले पराजित गरेको हो।

आर्मीले खेलको ९ औ मिनेटमा ईन्दिरा राईको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल गर्दै ईन्दिराले अग्रता दोब्बर पारिन्।

पहिलो हाफमा २ गोलले अगाडि रहेको आर्मीलाई खेलको ५२ औ मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै ३–० ले टोलीलाई अगाडि बढाइन्।

खेलको ५५ औ मिनेटमा चन्द्रा भण्डारीको पासमा कुश्मा खतिवडाले गोल गरिन्। चौथो गोल गरेको २ मिनेटमै अमिषा कार्कीले मैदानको मध्यभागबाट एकल प्रयासमा गोलकीपरलाई विट गर्दै गोल गरिन्। कार्की खेलको ४६ औ मिनेटमा मैदानमा प्रवेश गरेकी थिइन्। ईन्दिरा राईको ठाउँमा ६७ औं मिनेटमा मैदान प्रवेश गरेकी हिमा चौधरीले उत्तराद्र्धको इन्जुरी समयमा गोल गर्दै आर्मीको जित सुनिश्चित गरिन्।

मधेश प्रदेशले भने पाएका अवसरहरुलाई खेर फाल्यो। आर्मीका प्रशिक्षक चक्र तामाङले खेल जितेपनि खेलाडीले सोंचेअनुसार खेल्न नसकेको बताए। यस्तै, मधेश प्रदेशका प्रशिक्षक चित्रबहादुर दर्लामीले खेलाडी सोंचेभन्दा राम्रो खेलेको प्रतिक्रिया दिए। राष्ट्रिय खेलाडी सम्मिलित विभागीय टिमसँग नयाँ खेलाडीले सोंचेभन्दा राम्रो खेलेको उनको भनाई थियो।