राष्ट्रिय खेलकुदः पुरुष ह्याण्डबलमा गण्डकी र आर्मी भिड्ने

महिला ह्याण्डबलमा २ विभागीय आर्मी र एपीएफ फाइनल आमने–सामने

जनसम्मत
असाेज २८, २०७९, शुक्रबार

घरेलु गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा विभागीय आर्मीसँग फाइनल खेल्ने भएको छ।

पोखरा रंगशालास्थित बहसउद्देश्यीय कभर्ड हलमा शुक्रबार विहान भएको पहिलो सेमिफाइनल खेलमा गण्डकीले लुम्बिनीलाई ५४–२१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो। गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे।

लिग चरणमा एउटै समूहमा रहेको आर्मी र गण्डकीले लिगमा नाटकीय ढंगले २७–२७ को बराबरीमा खेलको अन्त्य गरेको थियो। अन्तिम सेमिफाइनल खेलमा एपीएफका सन्दीप कार्कीले सर्वाधिक ७ गोल गरे।

समूह ए बाट विजेता बनेर सेमिफाइनल खेलेको गण्डकीले लुम्बिनीलाई दवावमा राखेको थियो। पहिलो हाफ २७–१२ मा सकेको गण्डकीले ३३ स्कोरको लिड गर्दै पहिलो सेमिफाइनल अन्त्य गरेको थियो। गण्डकी ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको स्वर्ण पदक विजेत समेत हो।
घरेलु गण्डकी र विभागीय आर्मीले शनिबार दिउँसो ४ बजे पुरुषतर्फको फाइनल खेल हुनेछ।
त्यसअघि, एपीएफ र लुम्बिनीबीच विहान ८ बजे तेस्रो स्थानका लागि खेल हुनेछ।

 

महिला ह्याण्डबलमा २ विभागीय आर्मी र एपीएफ भिड्ने

त्यसैगरि, महिला ह्याण्डबलमा २ विभागीय क्लब आर्मी र एपीएफ फाइनल भिड्ने भएका छन्।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला ह्याण्डबलमा २ विभागीय आर्मी र एपीएफ फाइनल पुगेको हो।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले प्रदेश–१ माथि २९–६ ले हराउँदै फाइनल पुगेको हो। एपीएफकी उमा राईले सर्वाधिक ७ गोल गरिन्।

त्यस्तै, आज नै भएको महिलातर्फको दोस्रो खेलमा विभागीय आर्मीले घरेलु गण्डकीलाई २४–९ ले हराउँदै फाइनलमा स्थान बनाएको हो। आर्मीकी कल्पना ओलीले सर्वाधिक ७ गोल गरिन्।

विभागीय आर्मी र सशस्त्रबीच शनिबार दिउँसो २ बजे फाइनल खेल हुनेछ।

त्यसअघि, गण्डकी र प्रदेश–१ बीच तेस्रो स्थानका लागि विहान १० बजे खेल हुनेछ।