राष्ट्रिय खेलकुदः फेन्सिङ इपी टिममा आर्मीलाई स्वर्ण

जनसम्मत
असाेज २८, २०७९, शुक्रबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार भएको फेन्सिङको पुरुष टिम इपीमा आर्मीले स्वर्ण जितेको छ।

आर्मीले एपीएफलाई ४५–२८ अंकले पछि पार्दै स्वर्ण जितेको हो।

आर्मीका लागि यो फेन्सिङमा ५ औं स्वर्ण पदक हो। पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा एपीएफले रजत पदक जित्दा गण्डकी प्रदेश र बागमती प्रदेशले कास्य पदकमा चित्त बुझाएका छन्।

फेन्सिङतर्फ व्यक्तिगत र टिम इभेन्टमा ६÷६ खेल भएको थियो। फेन्सिङको अंकतालिका अनुसार आर्मी च्याम्पियन बनेको हो। फेन्सिङमा आर्मीले ५ स्वर्ण, ५ रजत र ७ कास्यसहित १७ पदक जितेको छ।

बागमतीले ४ स्वर्ण, ३ रजत १ कास्यसहित ८ पदक प्राप्त गरेर दोस्रो स्थानमा छ। शसस्त्र प्रहरी २ स्वर्ण, ४ रजत र ७ कास्यसहित १३ पदका साथ तेस्रो स्थानमा छ। सुदूरपश्चिम र प्रदेश–१ ले स्वर्ण २ कास्यसहित ३ पदक जितेको छ।

त्यसैगरी, गण्डकी प्रदेशले ४ कास्य पदक जित्दै पाँचौं स्थानमा छ। प्रदेश–१ ले ३ कास्य पदक जितेको छ।